पर्सा प्रहरीको अक्रमन्यता विरुद्ध पत्रकार महासंघ आन्दोलित,दोषी प्रहरीमाथि कारवाही नभए कडा आन्दोलन

45

वीरगंज, २८ बैशाख ।
समान्य विवादपछि थामथुम भइसकेको घटना प्रहरीले आफ्नो दम्भको कारण बढाएको पोल खुलेको छ । लकडाउन शुरु भएपछि प्रहरीले यो महामारीमा आफ्नो ज्यानको माया मारेर दिनरात खटिरहेका चिकित्सक, औषधी व्यवसायी र बैंकरहरुसंग दुर्व्यवहार गरेको घटना सबैसामु छर्ल· भएको भएतापनि पत्रकारहरुसंग गरिएको दुर्व्यवहारका घटनाहरु मध्ये पत्रकार तिवारी यादवको घटना प्रहरी ज्यादतीको कारण प्रकाशमा आएको छ ।
लकडाउनको कारण ठप्प रहेको वीरगंजमा कुनै ट्राफिक समस्या नभएको भएतापनि पार्कि·को निहुँमा पत्रकारको मानमर्दन गर्दा पर्सा प्रहरीको नेतृत्व क्षमतामाथि नै गम्भिर प्रश्न उठेको छ ।

आइतबार दिउँसो २ बजेको समयमा वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख निर्मल पनेरु र ट्राफिक इन्चार्ज कमलराज पण्डित लगायतको प्रहरी टोली नारायणी एफएम अगाडी पुगे र त्यहाँ पर्किङ्ग गरि राखिएको मोटरसाईकल हटाउन आदेश दिए । सो क्रममा पत्रकार यादव र प्रहरी बीच भनाभन भयो । भनाभन भइरहंदा एफएमका प्राविधिक दिपेन्द्र साहले सम्झाई बुझाई गरेर पत्रकार यादवलाई एफएम परिसरभित्र लिएर गए । केही सिढी उक्लिएपछि प्रहरी भित्र पसेर पत्रकार तिवारी यादवलाई घोक्रयाएर ल्याई प्रहरी भ्यानमा हाल्यो । सो दरम्यान पत्रकार यादवको मोबाईलमा घण्टी बज्यो । उनी कुरा गर्न खोज्दा भ्यानमा सवार प्रहरी जवान टि.बी. वाइवाले तिन थप्पड हानेर मोबाईल कब्जामा लिए ।

स्मरण रहोस प्रभु इन्स्यौरेन्स र सानिमा इन्स्यौरेन्सको मोटरसाईकल पनि त्यही पर्किङ्गमा रहंदा प्रहरीले देखेर पनि नदेखेझै गरेर हिंडे । यो घटनाको जानकारी पाएपछि पर्सा जिल्लामा कार्यरत सम्पूर्ण पक्रकारहरु त्रमशः जिल्ला प्रहरी कार्यालयमा भेला हुन थाले । आजै नेपाल प्रहरीका प्रदेश नं. २ का प्रमुख डिआईजी धिरजप्रताप सिंह जिल्ला प्रहरी कार्यालय पर्सामा निरिक्षणको लागि उनले पनि भ्यानमा रहेका पत्रकार तिवारी यादवसंग सम्पूर्ण घटनाको यथार्थ बुझेपछि पत्रकारहरुलाई सम्बोधन गर्दै एसपी गंगा पन्तको अगाडी वहाँ अत्यन्त क्षमतावान हुनुभएकोले यो घटनालाई छानबिन गर्नुहुन्छ भनेर भने ।
सो दरम्यान एसपी गंगा पन्तले पत्रकारहरुलाई पाठ पढाउन शुरु गरेपछि उनको व्यवहारद्वारा त्यहाँ उपस्थित रहेका सम्पूर्ण पत्रकारहरु चिडिएँ ।

सोही दरम्यान नारायणी एफएमका कार्यकारी अध्यक्ष गोबिन्द देवकोटा, स्टेशन मैनेजर क्रान्ति साह जिल्ला प्रहरी कार्यालय पर्साको प्रा·णमा भइरहंदाकै अवस्थामा प्रहरीले कुनै सोधपुछ नारायणी एफएममा अनाधिकृत प्रवेश गरी त्यहाँको कर्मचारीहरुसंग कुरा गरेर भिडियो रेकोर्दिंग गर्न खोज्दा एफएममा कार्यरत कर्मचारीहरु अध्यक्ष देवकोटालाई फोन गरेर जानकारी गराएपछि अध्यक्ष देवकोटाले त्यहाँ गएका प्रहरीलाई तपाईहरु बिना इजाजत प्रवेश गर्नुभएको र म स्वयम् जिल्ला प्रहरी कार्यालय पर्सामा छु, जे बुझ्नु छ यही आएर बुझ्नुस् भनेर भनेपछि उनीहरु फर्केर आएपनि भेट गरेनन् ।
पर्सा प्रहरीको ज्यादती र असोभनीय व्यवहारको कारणले गर्दा पर्सा प्रहरीको समाचार बहिष्कार गर्ने र भोली सोमबार बिहान ८ बजे घण्टाघरमा जम्मा भई आगामी रणनीति तय गर्ने घोषणा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बञ्जाराले गर्नु भएको छ । नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का महासचिव किरण कुमार कर्णले पनि एक प्रेस विज्ञप्ति प्रकाशित गरी दोषीमाथि कडा कारवाहीको मांग गर्दै घटनाको छानबिन गर्न आग्रह गर्नुभएको छ ।