धोबिनी गाउँपालिकाका तिवारी आफ्नै घरमा मृत भेटिए

10

वीरगंज, २९ बैशाख ।
पर्साको धोबिनी गाउँपालिका वार्ड नं ४ लंगडीमा आफ्नै घरमा मृत अवस्थामा एक युवकको शव फेला परेको छ । मृत्यु हुने लंगडी गाउँ निवासी सुदर्शन तिवारी को ३५ वर्षिय छोरा मुकुल तिवारी रहेका छन् ।
बिहान स्थानियहरुले प्रहरीलाई जानकारी गराएपछी घटना स्थलमा ईलाका कार्यालय लंगडी र पोखरियाले घटना स्थलमा पुगी मुचुल्का उठाई शवलाई पोस्टमार्टमको लागी नारायणी अस्पताल बिरगंजमा पठाईएको ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक चन्द्र सिंहले जानकारी दिए ।
मृतक मुकुल तिवारीको श्रीमती, एक छोरा र एक छोरी रहेको र तिनटै जना भारतमा लकडाउमा परि दुईमहिना देखि माईतीमा रहेका छन् । तिवारीले लंगडी गाउँमा सानो रेडिमेटको पसल थापेर बस्दै आईरहका थिए ।
लकडाउनको कारणले पसल बन्द भएपछि आर्थिक अवस्था दयनिय हुदै गएको र खानपिनमा समेत समस्या भएको र श्रीमती, छोरा र छोरी ससुरालीमा नै रहेको कारण सिमानाकामा आवत–जावतमा रोक लगाएको कारण तनावले गर्दा मृत्यु हने आशंका गरिएको छ । प्रहरीले घटनाको बारेमा अनुसन्धान गरिरहेको बताइन्छ ।