दोलखालाई केन्द्र बिन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्पको धक्का

13

काठमाडौं, ३० वैशाख । काठमाडौँमा आसपासको क्षेत्रमा मंगलबार राति भुकम्पको धक्का महसुस गरिएको छ ।

राती ११:५३ बजे दोलखालाई केन्द्र बिन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

भुकम्पको धक्का पर्सा र बारामा पनि महसुस भएको  थियो ।