मेयर सरावगीको दिवालिया साेच

38

बिरगंज ३ जेठ ।

कोरोनाको प्रवेशद्वार बन्दै गएको बिरगंजमा यसको रोकथामको लागि सरोकारवालाहरु संग छलफल गर्न आएका प्रदेश न. दुईका मुख्यमन्त्री समक्ष प्रेस लाई सेन्सरसिप लगाउन बिरगंज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले मांग गर्नु भएको छ ।

आफु कोरोना नियंत्रणको लागि दिन-रात खटिरहेको भएता पनि पत्रकारहरुले भ्रष्टाचार गरेको समाचार लेखेर कु-प्रचार गरेको आरोप लगाउदै दिनदिनै जनकपुर टुडेले गलत समाचार छापेर भ्रम उत्पन्न गरेको मुख्यमन्त्री लालबाबु राउत गद्दी समक्ष लगाए । सोहि भेलामा सहभागी नेपाल पत्रकार महासंघ प्रदेश न. २ का अघ्यक्ष दीपेन्द्र चौहानले मेयर सरावगीको भनाई प्रति कडा प्रतिवाद गरेका थिए ।

भेलामा आफ्ना कुरा राख्दै अघ्यक्ष चौहानले ‘एक्शनमा मेयर’ लेख्दा तीन बित्ता उफ्रने तर तपाई कै पार्टीका वडा अघ्यक्षले पत्रकार सम्मेलन गरेको समाचार लेख्दा पत्रकार खराब कसरी भयो ? भनि प्रति प्रश्न गर्दै तेश्रो घेरामा रहेका महामारीको विरुद्ध लड्दा लड्दै यो प्रदेशमा तिन जना पत्रकारहरु संक्रमीत भएको अवगत गराउदै मेयर सरावगीको भनाई प्रति भर्तस्ना गरेका थिए ।