सन्चारकर्मीहरुको स्वाब रिपोर्ट नेगेटिभ

20

बीरगंज ३ जेठ  । बीरगंजमा कायर्रत सन्चारकर्मीहरुको बुधबार गरेको स्वाब संकलनको रिपोर्ट नेगेटिभ आएको नारायणी अस्पतालले छनाएकाेे छ ।

बीरगंजमा दुई  जना पत्रकारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि संक्रमीत पत्रकारहरुको सम्पर्कमा रहेका सबै पत्रकारको थ्रोट स्वाब परिक्षणका लागि संकलन गरिएको थियो ।

बुधबार पत्रकारहरु आफै अस्पतालमा पुगेर पीसीआर परीक्षणका लागि स्वाबको नमूना दिएका थियो । पीसीआर परीक्षणका लागि १ सय ४ जना पत्रकारको स्वाबको नमूना संकलन गरिएको थियो।