पौष्टिक आहार बितरण

17

सन्तोष रंजितकार

वीरगंज, ६ जेठ ।
वीरगज स्थित नारायणी अस्पताल र सिद्धार्थ माबिको आईसोलेशनमा रहेका बिरामीहरुको लागि भोर नामक गैर सरकारी समाजिक संस्थाले पौष्टिक आहार बितरण गरेको छ ।

समाजिक अभियन्ता प्रकाश थारुको बिशेष पहलमा ड्राई फुड लगायतको समाग्री बितरण गरिएको हो । आज दिउँसो ९० पोका पौष्टिक अहार नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायलाई हस्तान्तरण गरिएको संस्थाका संस्थापक अध्यक्ष राजकुमार महतोले बताउनुभयो ।

प्रत्येक संक्रमितलाई जनहि आधाकिलो च्यवनप्रास, २५० ग्राम ड्राई फुड , २ किलो चनाको सातु, तिनवटा कागती, ५० ग्राम अस्वगन्धा चुर्ण, ५० ग्राम त्रिफला चुर्ण र अमृत चियापति बितरण गरिएको छ ।