मेयर सरावगीसंग फ्रिडम फोरमको कडा आग्रह

33

वीरगंज, ६ जेठ ।
फ्रिडम फोरमले वीरगंजका मेयर बिजय कुमार सरावगीलाई प्रेस स्वतन्त्रता विरोधी भनाई फिर्ता लिन आग्रह गरेको छ ।
गत शनिबार प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबुसंगको उपस्थितीमा मेयर सरावगीले आफ्नो विरुद्ध संचार माध्यमले झुठो समाचार लेखेको आरोप लगाउँदै मुख्यमन्त्री समक्ष प्रेसलाई संकुचन गर्ने कानून बनाउने दफा सेन्सरशिपको व्यवस्थाको लागि माँग गरेका थिए ।
फ्रिडम फोरमका राजन सिंहद्वारा जारी वक्तव्यमा पत्रकारहरु संकटमा रहेकोले उनीहरुको सुरक्षाको लागि काम गर्न मेयर सरावगीलाई आग्रह गर्नका साथै मीडिया र मीडिया हाउस प्रति धम्कीको भाषा प्रयोग नगर्न कडा आग्रह गरिएको छ ।