एसोसिएसन अफ प्राइभेट हेल्थ इन्सिटच्युट नेपालद्वारा ९५ बेड सहयोग

4

संतोष रन्जितकार
वीरगंज, ९ जेठ ।
कोरोना भाइरसको संक्रमणको रोकथाम तथा नियन्त्रण अभियानमा बीरगंजका नीजी अस्पतालहरुले पनि सहयोग जुटाउन थालेका छन । नीजी अस्पतालहरुको संस्था एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूट नेपालका तर्फबाट १६ लाख बराबरको सामाग्री उपलब्ध गराएका हुन् ।
बीरगंज महानगरपालिकाले महामारी रोक्न र उपचारमा चालेको कदमलाई सहयोग पुर्‍याउने उद्देश्यले सामाग्री उपलब्ध गराइएको संस्थाका प्रदेश अध्यक्ष राम श्रेष्ठले जानकारी दिनु भयो । संस्थाको अगुवाईमा सिद्धार्थ मा बि को सेमि आइसोलेसनमा बिरामीको लागि स्थापना गर्दा पहिलो चरणमा ५० थान र दोश्रो चरणमा ४५ थान गरि जम्मा ९५ बेड लगायत म्याट्रेस र बेडसिट उपलब्ध गराएको अध्यक्ष श्रेष्ठले जनाउनु भएको थियो ।
त्यस्तै महानगरपालिकाको ब्यवस्थापनमा संचालीत नारायणी कोराना बिशेष अस्पताल गण्डकमा कोरोना संक्रमीतहरुको सेवा गर्न आठ जना स्वास्थ्यकर्मीहरु खटने कुरा लिखित जानकारी गराएको अध्यक्ष श्रेष्ठले बताउनु भयो । बेडसेट सहयोग गर्नेहरुमा नेशनल मेडिकल कलेजले २० थान, भवानी अस्पताल १९ थान, प्रभू अस्पतालले ५ थान, एएमसी अस्पताल ५ थान, एसएल न्यूरो अस्पताल १६ थान, आशाराम अस्पताल १० थान, इन्डो अस्पताल ५ थान, तराई अस्पताल १० थान र शाह नर्सिङ होमले १० थान गरि जम्मा ९५ थान बेड उपलब्ध गराईएको हो ।
संस्थाका अध्यक्ष श्रेष्ठले यस्तो संकटको बेलामा सहयोग गर्ने सबै अस्पताललाई धन्यवाद दिदै सहयोगी भावना भविष्यमा पनि देखाईरहन आग्रह गर्नु भएको थियो ।