थप २० जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ५०७ पुग्यो

31

काठमाडौँ, ९ जेठ:

शुक्रबार थप २० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालका प्रवक्ता डा विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हु्न् । यससंगै संक्रमितको संख्या ५०७ पुगुेको छ ।सेती प्रादेशीक अस्पतालमा तीन जना, डडेलधुराका १, बैतडीका १, बाँकेका १४ जना रहेका छन् । त्यस्तै मोरङका १ जना छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म उपचारपछि डिस्चार्ज भएका ७० जना छन् ।