इदको सार्वजनिक बिदा सर्‍यो

11

काठमाडौँ,११ जेठ ।

सरकारले आइतबारका लागि घोषणा गरेको इदुल फित्रको सार्वजनिक बिदा सोमबारलाई सारेको छ । गृह मन्त्रालयले सूचना प्रकाशन गरी मुस्लिम समुदायको चाड इदुल फित्रको बिदा आइतबारको साटो सोमबार हुने जनाएको हो ।

नेपाल र दक्षिण एसियाभरबाट शनिबार चन्द्रमा नदेखिएको भन्दै मुस्लिम आयोगले इदुल फित्र सोमबार मनाउने निर्णय गरेको थियो । त्यही निर्णयअनुसार सार्वजनिक बिदा सार्न अनुरोध भएकाले सोमबारलाई बिदा दिइने भएको मन्त्रालयले जनाएको छ ।