नरैनापुरमा रातिदेखि निषेधाज्ञा, सेना परिचालन गर्ने निर्णय

9

काठमाडौं,११ जेठ।

कोरोना भाइरस -कोभिड-१९) संक्रमित नै भाग्न थालेपछि बाँकेको नरैनापुरलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले राति ८ बजेबाट निषेधित लागू गर्ने र नेपाली सेनासहित सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको हो ।

ठूलो समूहमा जम्मा हुने, कोरोना बारेमा भ्रम फैलाउने, क्वारेन्टाइनमा रहेकालाई भगाउनेसम्मको काम भएपछि नरैनापुर मा यस्तो निर्णय गरिएको हो । नरैनापुरमा एक सय १४ जना संक्रमित भइसकेका छन् । त्यसमध्येमा एकजनाको मृत्यु भएको छ ।