थप सात जनामा कोरोना पुष्टि, कुल सङ्ख्या संक्रमितकाे ६८२ पुग्यो

8

काठमाडौँ, जेठ १२ गते । 

पछिल्लाे परीक्षणमा थप सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेपालमा सङ्क्रमित सङ्ख्या ६८२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो । भाइरसको संक्रमणबाट निको भएको संख्या ११२ पुगेको छ ।