नारायणी अस्पतालको सरसफाईमा मेयर सरावगी सक्रिय

16

सन्तोष रंजितकार
बिरगंज १३ जेठ ।

नारायणी अस्पतालमा उपचाररत सबै कोरोना संक्रमित डिस्चार्ज भएसंगै अब अस्पतलमा पुनः जनरल सेवा सुरु गर्न बिरगंज महानगरपालिकाका मेयर बिजय सरावगीले अस्पताललाई पहिलो चरणको सेन्ट्राइज गराउने काममा लागेका छन ।

केही समय यता नारायणी अस्पतालमा एकदमै कोरोना संक्रमणको संख्या बढी देखिए पनि हिजोको समयबाट कोरोना मुक्त भएको छ ।

अस्पताल लाई अब जनरल ओ .पि. डि सेवा सन्चालनमा ल्याउने कार्य सुरु हुँदै छ । कोरोना सन्क्रमितको डिस्चार्ज गरि बिरगंज महानगर पालिकाका मेयर सरावगीले नारायणी अस्पतालको सबै वार्ड लाई दम्कलले तथा अन्य सरसफाइ गर्ने सोडियम सोलुसनले सबै ठाँउमा सरसफाइ सम्मपन गरेकाेे मेयर सरावगीले बताए ।

बिरगंज नारायणी अस्पतालमा उपचाररत सबै कोरोना संक्रमित डिस्चार्ज भए संगै आज भोली देखिनै अस्पतलमा पुनः जनरल सेवा सुरु हुने मेयर सरावगीले बताए ।

कोरोना संक्रमितलाई उपचार गर्न अर्को विकल्प नहुदा नारायणी अस्पताललाई नै कोविड अस्पतालको रुपमा संचालनमा ल्याइएको थियो ।

नयाँ संक्रमितलाई नारायणी अस्पतालमा राख्न नपरेको र उपचाररत सबै जना डिस्चार्ज भए संगै अब यसलाई पहिले जस्तै पुन जनरल सेवा प्रदान गर्ने अस्पतालको रुपमा संचालनमा ल्याउन लागिएको बिरगंज महानगरपालिकाका मेयर बिजय सरावगी भन्नू हुन्छ।

सोमबार मात्रै ४३ जना संक्रमित निको भएर घर फर्कि सकेकाले अब अस्पतालमा कोही पनि संक्रमित नरहेकोले त्यहाँ सर्वसाधारणका लागि जनरल सेवा सुचारु गरिने मेयर सरावगीले जानकारी दिएका हुन । नयाँ संक्रमित थपिए उनीहरुलाई नारायणी गण्डक कोरोना विशेष अस्पतालमा राखेर उपचार गरिने पनि मेयर सरावगीले बताए ।