नारायणी अस्पतालमा तत्काल जेनरल सेवा शुरु गर्न जनता समाजवादी पार्टीको माग

17

संतोष रन्जितकार
वीरगंज, १३ जेठ ।
वीरगंजको नारायणी अस्पतालमा तत्काल सम्पूर्ण जनरल सेवा संचालन गर्न जनता समाजवादी पार्टी वीरगञ्ज महानगर कार्य समितिले माग गरेको छ । अस्पतालमा उपचाररत सबै कोरोना संक्रमित निको भई डिस्चार्ज भइसकेकाले छिटोभन्दा छिटो अस्पतालबाट जनरल सेवा सुरु गर्न माग गर्दै अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड डा.मदन उपाध्यायलाई जनता समाजवादी पार्टी वीरगञ्ज महानगर कार्य समितिले ज्ञापन पत्र बुझाएको हो ।
पार्टीको वीरगञ्ज महानगर कार्य समितिका अध्यक्ष लियाकत अलीको नेतृत्वको टोलीले अस्पताल मै पुगी इमर्जेन्सी सेवा, ओपीडी, प्रसुती लगायत सबै सेवा संचालनमा ल्याउन माग गर्दै ज्ञापन पत्र बुझाएको जनता समाजवादी पार्टीका नेता राजेशमान सिंहले बताए ।
ज्ञापन पत्र बुझ्दै मेसु उपाध्यायले सबैको सहयोगमा नारायणी अस्पताललाई छिटो भन्दा छिटो पुरानै अस्पतालको रुपमा फर्काउने बताए ।
ज्ञापन पत्र बुझाउनेमा पार्टीको वीरगञ्ज महानगर कार्य समितिका कोषाध्यक्ष अफरोज आलम, वडा नं ३ का वडा अध्यक्ष बैजुलाल स्वर्णकार, सदस्य तुफैल अख्तर, नेताहरू रूपेशमान सिंह, सलाउद्दीन मंसुरी, राहुल तुल्स्यान, जियाउल हक हवारी, विधार्थी नेता मधुसूदन चौरसिया लगायतको उपस्थिति रहेको थियो ।