थप ११४ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित ८८६ पुग्यो

8

काठमाडौं १४ जेठ  :

बुधबार  थप एक सय १४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार योसहित नेपालमा संक्रमितको संख्या ८८६ पुगेको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एकै दिन यति ठूलो संख्यामा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो।

बुधबारसम्म एक सय ८३ जना निको भएका छन् भने अरुको विभिन्न अस्पतालमा उपचार भइराखेको छ । मंगलबार साँझ र बुधबार गरेर २८ जना डिस्चार्ज भएको प्रवक्ता देवकोटाले जानकारी दिए ।

अहिलेसम्म नेपालमा कोरोनाकै कारण चार जनाको मृत्यु भइसकेको छ ।