नेपालीहरु रक्सौल नाकाबाट बिरगंज आए

32

सन्तोष रंजितकार

बीरगञ्ज १४,जेठ ।

भारतमा अलपत्र परेका ३ सय भन्दा बढी नेपाली नगरिक लाई आज रक्सौल नाकाबाट नेपाल भित्रीएका छन । ३७५ जना नेपालीहरुलाई बिरगंज रक्सौल नाकाबाट नेपाल लयाएको पर्साका साहयक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिनु भएको छ ।

पर्सा र काठमाडौं बाहेक जिल्लाका नागरिकलाई सम्बन्धित जिल्लामा नै पठाउने तयारी भइसकेको उनले बताए । पर्सा र काठमाडौंका नागरिकलाई भने वीरगञ्जका विभिन्न स्थलमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिने उनले बताए ।

रक्सौलकाे क्वारेन्टाइनमा अलपत्र नेपालीहरुलाई नेपाल भित्र्याउने पटक पटकको प्रयास बल्ल आज सफल भएको उनले बताए ।केही दिन अघि सोही नाकाबाट भारतीय नागरिकहरुलाई पनि पठाईएको थियो ।