थप चारजना कोरोना संक्रमित डिस्चार्ज

7

सन्तोष रंजितकार

बीरगञ्ज १५,जेठ ।

नारायणी कोभिड–१९ विशेष अस्पतालको रुपमा रहेको गण्डक अस्पतालबाट बुधबार राति थप चारजना कोरोना संक्रमित डिस्चार्ज भएर घर फर्केका छन् ।

चारजनाकाे लगातार दुई पटकको परीक्षणमा नेगेटिभ आएपछि उनिहरु लाई डिस्चार्ज गरिएको अस्पतालका मेशु डा. उदयनारायण सिंहले जानकारी दिए ।

उनीहरु चारैजना १२ दिनमै कोरोना भाइरस मुक्त भएका हुन् । डिस्चार्ज भएका सबैजना वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ का छपकैया निवासी हुन् । अब कोभिड–१९ विशेष अस्पतालमा पाँचजना मात्रै संक्रमितहरु रहेका छन् ।

अहिलेसम्म वीरगञ्जको नारायणी र गण्डक अस्पतालमा भर्ना भएका १ सय २ जना मध्ये ९७ जना निको भइ आ-आफ्नो घर फर्किसकेका छन् ।

(फाइल :फाेटाे)