थप १५६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या १०४२ पुग्यो

9

काठमाडौँ, १५ जेठ:

पछिल्लो २४ घन्टामा थप १५६ जनामा कोरोना भाइरस (कोभिडङ–१९) को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या १ हजार ४२ पुगेको छ । उनीहरु मध्ये ५ जनाको मृत्यु भएको छ भने १९० जना निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा थप संक्रमण पुष्टि हुनेहरुमा धनुषाका २९ जना, झापाका २५ जना, रौतहटका २० जना, महोत्तरीका १७, सप्तरीका १४ जना, सुर्खेतका १३ जना, दैलेखका ८ जना, सर्लाहीका ७ जना, स्याङ्जाका ३ जना, दोलखा, कैलाली र बर्दियाका २/२ जना र बाँके, मकवानपुर, दार्चुला, बझाङ, सोलुखुम्बु र नवलपरासी पूर्वका एक/एक जना रहेका छन् ।