थप ४ जना कोरोना पोजेटिभ

14

वीरगञ्ज,१५ जेठ ।

पर्सामा ४ जना कोरोना संक्रमित थपिएका छन् । पर्साको पोखरीया नगरपालिकास्थित रामदेव साह कलवार स्कुल क्वारेन्टिनमा बसेका ४ जनाको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको हो ।

पोखरीया नगरपालिका ९ घर भएका ३६, ४२, २१, ३९ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको गण्डक काेभिड हस्पिटलका कोओर्डिनेटर डा. उदयनारायण सिंहले जनाए।

उनीहरुलाई उपचारका लागि वीरगञ्जको कोभिड अस्पतालमा ल्याइएको छ ।

यससँगै गण्डक काेभिड अस्पतालमा उपचाररत काेराेना संक्रमितकाे संख्या ९ पुगेकाे छ ।