१३ औं गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन

18

बिरगंज १५ जेठ :

सघीय नेपालको १३ औं गणतन्त्र दिवसको अवसर पारेर नेपाल रेडक्रस सोसाइटी पोखरीय उपशाखा, ईलाका प्रहरी कार्यालय पोखरिया, पोखरिया नगरपालिका पर्सा, सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश क्याम्प र पोखरिया अस्पतालको संयुक्त आयोजनामा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।

रक्तदान कार्यक्रम रेडक्रस पोखरिया उपशाखाका सभापति भगवान प्रसाद कुर्मीको सभापतित्वमा भएको थियो भने पोखरिया नगरपालिकको नगर प्रमुख दिपनारायण रौनियारले नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति विरेन्द्र राज कँडेललाई रक्तदान गर्ने ब्याग हस्तान्त्रन गरी कार्यक्रमको उदघाटन गर्नु भएको थियो, कोरोना महामारी रोग बढदै गएकोले रक्तदान कार्यक्रममा कमी भएको हुदाँ अस्पतालमा उपचार गराउन आउने विरामीहरुलाई रगतको समस्याले कठिनाई नहोस भन्ने उदेश्यले सो रक्तदान कार्यक्रमको आयोजना गरिएको कुरालाई प्रस्ट पार्दै नेपाल रेडक्रस सोेसाइटी पर्सा शाखाका सभापतिले आप्mनो रगत दान गरि कार्यक्रम रक्तदान गर्ने रक्तदाता एवं आयोजक उपशाखालाई धन्यवाद व्यक्त गर्नु भएको थियो ।

रक्तदान नै महादान र यस बनदाबन्दीमा समेत रगतको कमीले विरामीलाई कठिनाई हुननदिने भने रेडक्रस पर्सा मन्त्री शैलेन्द्र कुमार चौरसिया, अनुप तिवारी, हृदय नारायण कुर्मी, कार्यावाहक अध्यक्ष अनुप तिवारी, पत्रकार धर्मेन्द्र चौरसिया, बृजेश तिवारी, राजु रौनियार, सुदिप कुर्मी लगायत ४० जनाले रक्तदान गरेका थिए, कार्यक्रममा रक्तदान गर्ने रक्तदाताहरुलाई प्रमाणपत्र वितरण समेत कार्यक्रममा उपस्थित अतिथीहरुबाट गरिएको थियो साथै सम्पुर्णमा धन्यवाद समेत प्रकट गर्ने कार्य पोखरिया उपशाखाका सभापति भगवान प्रसाद कुर्मीले गर्नु भएको थियो ।

रक्तदान कार्यक्रममा पुर्व सभासद रामेश्वर प्रसाद रौनियार, पत्रकार महासंघका कार्यवाहक अध्यक्ष अनुप तिवारी,ईलाका प्रहरी पोखरियाका ईन्चार्ज चन्द्र सिह ठकुरी, सशस्त्र प्रहरी निरिक्षक हरी सिह विष्ट, पोखरिया अस्पतालका मे.सु.अनिल कुमार यादव, रक्तसंचार केन्द्रबाट प्रविधिक सहयोग धिरेन्द्र झाले पुरुयाएका थिए भने रक्तदान कार्यक्रम संचालन उपशाखाका कोषाध्यक्ष विनोद गिरीले गरेको कुरा रेडक्रस पर्साका सहायक राजन श्रीवास्तवले जानकारी गराए ।