आइसीपीमा अलपत्र परेका भारतीयहरुकाे लागि ग्रीनसिटी र रुङ्ग्टा वेलफेरद्वारा खानाको ब्यवस्था

22

सन्तोष रंजितकार

बीरगञ्ज, जेष्ठ १६ ।

बिश्वभरी फैलिएको कोरोना भाईरसले त्रास सिर्जना भैइरहेको अवस्थामा र यसबाट बच्न नेपालमा पनि लकडाउन गर्नु परेकोले  नेपालमा रहेका भारतीय नागरिक( मजदुर) आफ्नो घर फर्किनको निम्ति बिरगंजको आइसीपी नजिक अलपत्र परेका छन्।

१५०० सय भन्दा बढी अलपत्र परेका र सो नागरिकरुको खानाको ब्यवस्थापन ग्रीनसिटी सामुदायिक सेवा केन्द्र  र रुङ्ग्टा वेलफेर सोसाइटी ले गरेको हो भनी ग्रीनसिटी का अध्यक्ष प्रकाश खेतान जानकारी गराएका हुन।

निज भारतीय नागरिक रोजगारी को शिलशिला मा नेपाल मै बस्दै आएका थिए तर लकडाउन भएको कारण कामकाज ठप्प भए पछि गुजारा चलाउन गाह्रो भएकोले उनिहरु आफ्नो देश फर्किन लागेका भन्ने जानकारी अध्यक्ष खेतानले दिए।