पर्सामा थप दुई जना कोरोना संक्रमित

9

वीरगन्ज १७ जेठ  :

पर्सामा शनिबार  थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ।

सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर १ घर भएकी ६० वर्षिया महिला र वडा नम्बर २ का १८ वर्षीय युवकमा कोरोना सक्रमण रहेको शनिबार पुष्टि भएको हो ।

संक्रमित दुवै जनाको केहि दिन अघि मात्र भारतबाट आई गाँउपालिकाको क्वारेन्टाईनमा बसदै अाएका थिए ।

संक्रमित दुवै जनालाई  एम्बुलेन्समा राखेर वीरगन्जको गण्डक अस्थायी कोभिड–१९ अस्पतालमा ल्याइएको छ।