ला लिगा जुन ११ बाट सुचारू हुने

40

काठमाडौं,१७ जेठ ।

कोरोना भाइरसका कारण स्थगित भएको स्पेनिस ला लिगा जुन दोस्रो सातादेखि सुचारू हुने भएको छ। ला लिगाका अध्यक्ष ज्याभिएर तेबासले जारी सिजनका बाँकी खेलहरु ११ जुनदेखि सुरु गर्ने तयारी भइरहेको बताएका छन् ।

सो दिन डर्बी भिडन्तमा सेभिल्ला र रियल बेटिसबीच खेल हुनेछ। लिग १९ जुलाईमा अन्त्य गर्नका लागि ला लिगाले प्रयास गरिरहेको छ।

ला लिगाका खेलाडीहरुले तीन साताअघि देखि अभ्यास थालेका थिए। अभ्यासअघि गरिएको कोरोनाको परिक्षणमा पाँच खेलाडीमा संक्रमण भेटिएको थियो। यस्तै तेबासले अर्को सिजन अर्थात २०२०/०२१ को सिजन सेप्टेम्बर १२ देखि हुने आशा राखेका छन् ।