सानो पाइलाको ठुलो काम देखेर आत्तिए मेयर सरावगी

20

वीरगंज, १७ जेठ ।

उच्च सामाजिक दायित्व निर्वाह गरेको कारण देश विदेशमा नाम कमाउन सफल भएको बौद्धिक युवाहरुको जमातद्वारा सञ्चालित “सानोपाइला” नामक संस्थालाई वीरगंज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगीले अनाहकमा बिच्काएका छन् ।

नारायणी अस्पतालमा संक्रमितहरुलाई जनावरले समेत नखाने स्तरको खाना पस्किरहँदाको अवस्थामा जब दुई जना पक्रकारहरु संत्रमित भएर त्यहाँ गएर भण्डाफोर गरेपछि “सानो पाइला” अगाडी सरेर पौष्टिक खाना खुवाउँदै आएको सर्वविदितै छ । अडियो काण्डमा मेयर सरावगीलाई सफाई दिन एक रेडियोद्वारा प्रायोजित कार्यक्रममा बोल्दै मेयर सरावगीले “सानो पाइला” लाई प्रदेश सरकारले रु. २५ लाख सहयोग गरेको र उसले नारायणीमा खाना खुवाएको भनी सफेद झुठ बोलेपछि “सानो पाइला”ले एक विज्ञप्ति निकाली मेयरको भनाईलाई खण्डन गरेको थियो ।

मेयर सरावगीको भनाई भ्रमपुर्ण रहेकोले भ्रामक र झुठो प्रचारबाजीमा नफस्न आग्रह गर्दै मेयरको भनाई प्रति खेद प्रकट गरेको विज्ञप्ति सार्वजनिक गरेपछि मेयर सरावगीले नारायणी अस्पतालका मेसुलाई फोन गरी “सानो पाइला”लाई खाना नखुवाउन भन्न लगाएका छन् । यस सन्दर्भमा सानो पाइलाका अध्यक्ष कञ्चन झासंग बुझ्दा उनले आफुले पनि मेयर सरावगीको निर्देशनमा अस्पतालले भोलीदेखि खाना नल्याउन भनेको कुरा सुन्नमा आएको बताउँदै हामीहरु निस्वार्थ सेवा गर्ने मान्छे हौँ, भोली देखि अर्को जिल्लामा खुवाउँछौ भनि बताए ।