दाताहरुद्वारा भारतियहरुकाे खाजा र खानाको व्यवस्था

11

सन्तोष रंजितकार

बीरगञ्ज जेष्ठ १८ गते ।

बिश्वभरी फैलिएको कोरोना भाईरसले त्रास सिर्जना भैइरहेको अवस्थामा र यसबाट बच्न नेपालमा पनि लकडाउन गर्नु परेकोले  नेपालमा रहेका भारतीय नागरिक आफ्नो घर फर्किन को निम्ति बिरगंज को आइसीपी नजिक तीन दिन देखि अलपत्र परेका छन्।

एक हजार भन्दा बडी  भारतिय नागरिकहरु आफ्नो घर जानबाट अलपत्र भएका छन् ।

अलपत्र परेका भारतिय नागरिकहरुले भारत सरकारको समेत आलोचना र नाराबाजी सहित बिरोध गरेका थिए ।

सो नागरिकको भोक टार्नको निम्ति मारवाडी सेवा ट्रस्टका निर्मला गोयन्का, दिब्या गोयन्काले खाजा र ग्रीनसिटी सामुदायिक सेवा केन्द्र सामुदायिक प्रहरी र रुङ्ग्टा वेलफेर सोसाइटीले खानाको ब्यवस्थापन गरेकाे ग्रीनसिटीका अध्यक्ष प्रकाश खेतानले जनकारी गरेेेका थिए ।

लकडाउन भएको कारण कामकाज ठप्प भए पछि गुजारा चलाउन गाह्रो भएकोले उनिहरु आफ्नो देश फर्किन लागेका भन्ने जानकारी अध्यक्ष खेतानले दिए।