त्रिवेणी समूहका संघाई र विशाल ग्रुपका अग्रवालसहित केहि युवतीहरु जुवाको खालबाट पक्राउ

102

बिरगंज १९ जेठ।

लकडाउनका बेलामा जुवाको खालबाट भारतिय नागरिक सञ्चालक रहेको कमलादीको गगौंर बुटिक होटेलबाट जुवा खेलिरहेको अवस्थामा नेपालका प्रतिष्ठित व्यापारीहरु पक्राउ परेका छन् ।

जुवा खेलिरहेको गोप्य सूचनाका आधारमा प्रहरीले कमलादीस्थित गनगोर रिजेन्सी बुटिक होटलमा छापा मारेर ९ जना लब्ध प्रतिषठित व्यापारीहरुलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोलीले उनीहरुलाई पक्राउ गरेकाे हो । वृत्तका डीएसपी रञ्जन दाहालका अनुसार गोप्य सूचनाको आधारमा छापा मारेर व्यापारीहरु विमल खेतान, विमल अहुजा , रामचन्द्र संघाई, सुरेशकुमार अग्रवाल, पुरुषोत्तम अग्रवाल, गोविन्दराम सरिया, अशोककुमार अग्रवाल, नन्दकिशोर शर्मा तथा होटल सञ्चालक भारतीय नागरिक मिक्की जोगाई पक्राउ परेका छन्।

पक्राउ परेकामा नेपाल सरकारको ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति’ सम्मानबाट सम्मानित व्यापारीहरु छन्। उनीहरु संगै केहि युवतीहरु समेत पक्राउ परेको भएपनि उनीहरुको बारेमा प्रहरीले मिडियालाई जानकारी नगराएको उच्च स्रोतले जनाएको छ।

उनीबाट एक सय ७९ वटा चिप्स बरामद भएको छ र चिप्समार्फत हिसाब गरेकाले ठूलो परिमाणमा हारजित भएको प्रहरीकाे अनुमान छ । प्रहरीका अनुसार उनीहरुले क्यासिनोकै शैलीमा जुवा खेलेको देखिन्थ्यो । उनीहरूमध्ये एकजनासँग लकडाउनमा गाडी चलाउने पाससमेत फेला परेको छ ।

जुवा खोलाएको कोठा सिल गर्नुका साथै उनीहरुले चढेका सवारी साधन पनि नियन्त्रणमा लिइएको छ ।