दया फाउण्डेशन र भि.सीं.एनद्वारा राहत सामग्री वितरण

11

सन्तोष रंजितकार

बिरगंज ।

जिराभवानी गाँँउपालिक वडा नं ५ शंकर शरैयाको बिपन्न ७५ घर परिवारलाई राहत उपलब्ध गराइएको छ ।

बिपन्न गरीब परिवारहरुलाई लकडाउनको ७०दिन बितिसक्दा पनि तीन तहका सरकार मध्ये कुनै पनि सरकारले राहत नदिएको  उनिहरुकाे अाराेप छ।

भोकले समस्यामा पर्नु ठिक नहुने भन्दै राहतको ब्यवस्थापनमा आफूहरु लागेको भिएस्एनका अध्यक्ष दीप कचापागाईले बताउनु भयो ।

बिरगंज लक्ष्मणवाको सहयोगी युवा हरीनारायण शाह तथा दया फॉउंडेशन र भी.सी.एन.संस्था को आर्थिक सहयोगमा सामाजिक अभियन्ता प्रकाश थारूको संयोजनमा राहत सामग्री बितरण गरिएको हो।

राहत बितरणमा स्थानीय  संजय चौधारी, महेश दहैत, बिनोद राउत लगायतले सहजीकरण गर्नु भएको थियो ।बितरण गरिएको सामानहरु चामल -१५ केजि , दाल-१ केजि, खानेतेल-५०० ग्राम , आलु-२ केजि, प्याज-१ केजि, नुन -१ केजि र साबुन -२ थान रहेको समाजिक अभियन्ता प्रकाश थारुले जानकारी गराएका थिए ।