वीरगंजका युवा समाजसेवी गुप्ताले आफ्नै खर्चमा सेनिटाइजर छर्किने कार्य शुरु

11

संतोष रन्जितकार
वीरगंज जेठ १९ गते ।
कोरोना भाईरसका कारण विश्वभरी त्रास फैलिरहेको बेला बीरगंजका युवा समाजसेवी अजयकुमार गुप्ताले आफ्नो ब्यक्तिगत खर्चमा वीरगंज महानगरपालिका वडा नं १० मा रहेको हरेक टोल टोलमा सोडियम हाईपोक्लोराईट सर्फेस सेनिटाईजर छर्किने कार्य शुरु गरेको छ ।
कोरोना भाइरसको अहिले सम्म विश्वमा कुनै पनि देशले हाल सम्म यस रोग को औषधी बन्न नसकेको र यस रोगबाट बच्न सरसफाई र एक अर्का सङ दुरी कायम गर्नु नै यसको उपचार रहेको विश्व स्वास्थ्य संगठनले बताए पछी वडा नं १० का घडिअर्वा निवासी अजयकुमार गुप्ताले आफ्नो वडा नं १० मा सेनेटाईजर गर्ने र्निणय गरेका हुन् ।
सेनिटाईजेशन कार्यक्रम वीरगन्जको वडा नं १० का घडिअर्वा र अशोकवाटिकामा सोमबारदेखि शुरु गरिएको समाजसेवी गुप्ताले बताए । विश्व आक्रन्त भएको बेला भोकमरी र आर्थिक अभाव संगै विपन्न र अतिविपन्न परिवारका लागि सरकारबाट आएका खाद्यान्न समाग्रीमा व्यापक भ्रष्टाचार भएको देखे पछि आफू सक्रिय भएको गुप्ताले बताएका हुन् ।
चुनावको समयमा विभिन्न प्रलोभन देखाएर भोट लिने जनप्रतिनिधि आज मौन बसेका छन । यस्तो महामारी समयमा जनप्रतिनिधि भुमिका सक्रिय हुनु पर्नेमा उहाँहरु निदाएको देख्दा आफू दुखी भएको बताए ।
गुप्ताले भ्याए सम्म समाजको सेवा गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
सेनिटाईजर गर्नेमा आशुतोष पटेल, कन्हैया साह सोनार, रंजित यादव, रामबाबु पटेल,ललन पुरी,संजय पुरी,बिकाश साह कानु,दसई साह कानु लगायतको उपस्थिती रहेको थियो ।