ग्लोबल आईएमई बैंकद्वारा महानगरपालिकालाई सहयोग

5

वीरगंज, २० जेठ ।

ग्लोबल आइएमई बैंकले कोरोना भाईरस (कोभिड –१९) विरुद्ध लड्न वीरगंज महानगरपालिकालाई रु. १ लाख सहयोग गरेको छ ।

ग्लोबल आइएमई बैंक बिरगन्ज आदर्शनगर शाखाका शाखा प्रबन्धक राकेश ज्ञवाली र बिरगन्ज घडीअर्वा शाखाका प्रबन्धक सन्तोश साहले महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीलाई एक लाख रूपैयाको चेक हस्तान्तरण गरेका थिए ।

कोभिड – १९ ले आम विश्व समुदायलाई त्रसित बनाइरहेको अवस्थामा भारतबाट प्रमुख प्रबेश द्वारको रुपमा रहेको वीरगंज महानगर पनि उच्च जोखिममा रहेको अबस्थालाई मध्यनजर
गर्दै बैंकले कोरना बिरुद्धको व्यवस्थापनमा सहयोग पु¥याउने उद्देश्यले उक्त सहयोग उपलब्ध गराएको हो ।

कोरोना भाईरस नियन्त्रण तथा रोकथामको लागी पिसिआर मेशिन तथा भिटिएम खरिदका लागी समाजीक उतरदायित्व निर्वाह गर्दै सहयोग स्वरूप ग्लोबल आइएमई बैंकले महानगरलाई सहयोग गरेको शाखा प्रमुख साहले जानकारी दिनु भयो ।

बैंकले स्थापनाकाल देखिनै अन्य विपत्तीको अवस्थामा आफनो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ र आगामी दिनहरुमा समेत यस्तो सहयोगलाई निरन्तरता दिँदै जानेछ ।