थप २८८ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या २०९९ पुग्यो

13

काठमाडौं, २० जेठ।

पछिल्लो २४ घण्टामा मंगलबार थप २ सय ८८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २०९९ पुगेको मन्त्रालयले बताएको छ ।

रौतहटका ७४, स्याङ्जाका ५, पर्वतका ५, सप्तरीका १, बर्दियाका ३, बाँकेका १‍७, सुर्खेतका २७, दैलेखका ९, सल्यानका १८, अछामका १०, बाराका १, दाङका १७, प्युठानका १, कन्चनपुरका ८, कैलालीका १०, धनुषाका ६, महोत्तरीका २, सर्लाहीका २१, सिरहाका १७, भक्तपुरका १, धादिङका १, कपिलवस्तुका १६, काठमाडौं मेडिकल कलेजका ४ जना, नवलपराी पूर्व १ नवलपरासी पश्चिमका १ नुवाकोटका २, रूपन्देहीका १० संक्रमित थपिएको जानकारी दिए।

योसँगै नेपालमा कोरोना निको भएर घर फर्किएको संख्या २६६ पुगेको छ ।