मिथिला वाईल्ड लाइफ ट्रष्टद्वारा बारामा राहत वितरण

23

संतोष रन्जितकार
बीरगंज, २० जेठ ।
बारा जिल्लाको करैयामाई गाउँपालिका वडा नं. ८ तथा कलैया उपमहानगरपालिका वडा न. १६ का गरिब तथा अतिबिपन्न घरपरिवारलाई मिथिला वाईल्ड लाइफ ट्रष्ट, मिथिला बिहारी न.पा. वडा नं. ३ धनुषाधामले राहत वितरण गरेको छ । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट बच्नका लागि नेपाल सरकारले लकडाउन लागु गरेको छ । लकडाउनमा दैनिक मजदुरी गरी खाने गरिब, अतिबिपन्न परिवार पूर्ण रुपले नराम्ररी प्रभावित भएको अवस्थामा मिथिला वाईल्ड लाइफ ट्रष्टले सामाजिक दुरी कायम गर्दै राहत वितरण गरेको हो । करैयामाई गाउपालिका वडा नं. ८ का वडा अध्यक्ष सुरेन्द्र साहको विशेष उपस्थितिमा बेलाही टोलका गरिब तथा अतिबिपन्न ४८ घरपरिवारलाई र कलैया उपमहानगरपालिका १६ का स्थानीय युवा समाजसेवी अनिल कुमार कुशवाहाको नेतृत्वमा मझौलिया टोलका ५९ घर परिवारलाई मंगलवार राहत वितरण गरिएको थियो ।

नेपाल युवा परिषद बारा, भोर संस्था भोजपुरी टाइम्स दैनिकको सहकार्यमा वितरण भएको राहतमा चामल, दाल, आलु, प्याज, खाने तेल, नुन, स्वाबिन, नुहाउने साबुन, हरियो तरकारीको प्याकेट प्रति परिवारलाई वितरण गरिएको ट्रष्ट बाराका प्रतिनिधि राजेश प्रसाद कुशवाहाले बताए ।
राहत वितरण कार्यक्रममा मिथिला वाइल्ड लाइफ ट्रष्ट पर्साका प्रतिनिधि श्रवण प्रसाद साह, नेपाल युवा परिषद् बाराका सचिव दिवाकर प्रसाद कलवार, संचारकर्मी अजय कुमार चौरसिया, दिपक चौरसिया, रंजित चौरसिया लगायतको सहभागीता रहेको थियो ।