रोट्र्याकट क्लब अफ बिरगंजद्वारा राहत वितरण

22

बीरगंज, २० जेठ ।

बीरगंज महानगरपालिकाकाे जागरनाथपुर वडा नं २२ मनिहारी टाेलका गरिब तथा अतिबिपन्न घरपरिवारलाई रोट्र्याकट क्लब अफ बिरगंजले राहत वितरण गरेको छ । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट बच्नका लागि नेपाल सरकारले लकडाउन लागु गरेको छ । लकडाउनमा दैनिक मजदुरी गरी खाने गरिब, अतिबिपन्न परिवार पूर्ण रुपले नराम्ररी प्रभावित भएको अवस्थामा रोट्र्याकट क्लब अफ बिरगंजले राहत वितरण गरेको हो ।

रोट्र्याकट क्लब अफ बिरगंजका सचिव आयुष गुप्ताको  विशेष उपस्थितिमा र हर्ष राई र वैभव कुमारको विशेष सहयोगमा मनिहारीकाका गरिब तथा अतिबिपन्न ७५ घरपरिवारलाई राहत वितरण गरिएको थियो। राहत वितरण कार्यक्रममा छातु माझी, किशोर यादव र राजेन्दर शाह लगायतको सहभागीता रहेको थियो ।