आइसीपीमा अलपत्र परेका भारतीयहरुकाे लागि रोटरी र रोट्र्याकट क्लब अफ बिरगंजद्वारा खानाको ब्यवस्था

16

बिरगंज।

बिश्वभरी फैलिएको कोरोना भाईरसले त्रास सिर्जना भैइरहेको अवस्थामा र यसबाट बच्न नेपालमा पनि लकडाउन गर्नु परेकोले  नेपालमा रहेका भारतीय नागरिक( मजदुर) आफ्नो घर फर्किनको निम्ति बिरगंजको आइसीपी नजिक अलपत्र परेका छन्। लकडाउनमा दैनिक मजदुरी गरी खाने गरिब, अतिबिपन्न परिवार पूर्ण रुपले नराम्ररी प्रभावित भएको अवस्थामा रोट्र्याकट क्लब अफ बिरगंजले खानाको ब्यवस्थापन गरेको हो ।

अलपत्र परेका नागरिकरुको खानाको ब्यवस्थापन रोटरी र रोट्र्याकट क्लब अफ बिरगंजले गर्दै आएको छ।

रोटरी क्लब अफ बिरगंज,रोट्र्याकट क्लब अफ बिरगंज र भारतका वाणिज्य दूतावास, वीरगन्जको बिशेष सहयोगमा आज तेस्रो दिन पनि ५०० सय भन्दा बढी अलपत्र परेका भारतीय नागरिकहरुको खानाको ब्यवस्थापन गरेका थिए।

सो कार्यक्रममा क्लबका डा आनन्दकुमार झा, डा. शाश्वत कुमार, अभिषेक चौधरी, सन्जय कुमार, सोहन पोद्दार, राम मल्ल,आयुष गुप्ता, रजन गुप्ता, आकाश गुप्ता, कन्हैया गुप्ता, रोहित गुप्ता, योगेश जायसवाल र प्रकाश गुप्ता लगायतको सहभागीता रहेको थियो ।