कोरोनाले ज्यान गुमाउनेको संख्या ९, संक्रमितको संख्या २३०० पुग्यो

7

बिरगंज।

नेपालमा कोरोना भाइरस (कोभिड–१९)का कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ। बुधबार एक ७६ वर्षीय वृद्धको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। दोलखाका बृद्ध जेठ १३ गते उपचारका लागि काठमाडौं मेडिकल कलेजमा भर्ना भएका थिए।

यसअघि नेपालमा कोरोनाकै कारण आठ जनाको मृत्यु भएको थियो। बुधबार एक जनाको मृत्यु भएसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ पुगेको प्रवक्ता देवकोटाले जानकारी दिए। नेपालमा कोरोना जित्नेको संख्या भने २७८ पुगेको छ।

नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २३०० पुगेको छ । बुधबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप २०१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमतिको संख्या २३०० पुगेको हो ।