प्रदेश २ को मर्यादापालकमा कोरोना पोजेटिभ देखिएपछि प्रदेशसभा स्थगित

17

जनकपुर।

प्रदेश नम्बर २ को प्रदेशसभा कार्यरत ५ जना मर्यादापालक र आर्थिक मामिला तथा योजना राज्यमन्त्रीका एकजना स्वकीय सचिव गरी ६ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

प्रदेशसभा वैठक बस्नुपूर्व सुरक्षाकर्मी, कर्मचारी, मन्त्रीहरुका स्वकीय सचिव र प्रदेशसभा सदस्यहरुको समेत स्वाब संकलन गरिएको थियो ।

मर्यादापालकमा कोरोना संक्रमण देखिएपछि बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेसभा बैठक अनिश्चितकालिन का लागि स्थगित भएको छ ।