बिरगंजमा पसलहरु खुले

6

सन्तोष रंजितकार,

बिरगंज।

लकडाउन सुरु भएपछि बन्द पर्साका पसलहरु आधिकारिक रुपमा खुलेका छन् । संकट व्यवस्थापन केन्द्र पर्साको निर्णय अनुसार जोर-विजोर प्रणालीका आधारमा पर्सामा रहेका व्यापारिक फर्महरु खुलेका हुन् ।
कोरोना संक्रमण तुरुन्त निर्मूल हुने सम्भावना नरहेपछि सतर्कता अपनाएर आर्थिक गतिविधि पनि सँगै गर्ने गरी पर्साका पसलहरु खोलिएको जिल्ला प्रसासन कार्यालय पर्साले जनाएको छ। राजनीतिक दल, उद्योगी र जिल्लाका सबै सुरक्षा अंगको समन्वयमा सामाजिक  दूरी कायम हुने र संक्रमण पनि फैलन नदिने गरी पसलहरु खोल्ने निर्णय भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले बताए ।
यसको समन्वयको जिम्मा वीरगन्ज उद्योग बाणिज्य संघलेे गर्ने र समय–समयमा प्रसासनले अनुगमन गर्ने बस्नेतले बताए ।अनुगमन गर्दा कसैले सुरक्षा सतर्कताको मापदण्ड पूरा नगरेको पाइए संक्रामक रोग नियन्त्रण ऐन २०२० अनुसार कारवाही हुुने बस्नेतले बताउनुभयाे।