ब्रह्माकुमारी राजयोगद्वारा वृक्षारोपण

14

विश्व वातावरण दिवसको अवसर पारेर सरकारद्वारा जारी लकडाउनको पालन गर्दै ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, वीरगंजले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
सेवा केन्द्रकी क्षेत्रिय निर्देशक ब्रह्माकुमारी रविना दिदीज्यूको नेतृत्वमा विश्वदर्शन भवन अगाडीको परिसरमा निम, आँप, कटहर, अनार लगायतका फलफुल तथा औषधिजन्य विरुवाहरुको वृक्षारोपण गरिएको थियो । उक्त अवसरमा ब्रह्माकुमारी रविना दिदीले संसारमा मानवको प्रकृति प्रतिको अन्याय र दोहनपूर्ण क्रियाकलाप र असंयमित जीवन शैलीले विश्व पर्यावरणमा निकै ठूलो असन्तुलन उत्पन्न भएको र त्यसैको परिणाम अहिले कोविड-१९ जस्तो भयानक वैश्विक संकट निम्तिएको बताउनु भयो । वृक्षारोपण जस्ता कार्यक्रमहरुबाट वातावरण संरक्षणमा निकै ठूलो योगदान पुग्ने समेत उल्लेख गर्नुभयो ।
सो कार्यक्रममा ब्रह्माकुमारी बेली, ब्रह्माकुमारी रमा, ब्र.कु. गोवर्धन, ब्र.कु. गोकुल, शिक्षक रमेश शर्मा, अमित खत्री, रचना खत्री लगायतको सहभागिता थियो।
स्मरण रहोस ब्रह्माकुमारी संस्थाले विगतका अनेकौं वर्षदेखि संयुक्त राष्ट्र संघको सहकार्यमा आफ्ना करिब १४५ देशहरुमा रहेका लगभग ९००० शाखाहरु मार्फत वातावरण, जल र जैविक विविधता संरक्षण सम्बन्धि विविध विशाल परियोजना तथा कार्यक्रमहरु व्यापक रुपमा संचालन गर्दै आएको छ भने लगभग करोडौंको संख्यामा वृक्षारोपण पनि गरिसकेको छ ।