वातावरण: जिउने आधारद्वारा प्रतिबद्ता सहित बिरुवा वितरण

15

बिरगंज।
विश्व वातावरण दिवसको अवरसरमा शुक्रबार वीरगञ्जमा विभिन्न कार्यक्रम आयोजना गरि मनाइएको छ।
वातावरणकाे क्षेत्रमा सक्रिय काम गर्दै आएकाे वातावरण जिउने आधार नामक संस्थाकाे आयाेजनामा पनि वीरगञ्ज स्थित घण्टाघरमा सर्वसाधारणलाइ बिरूवा बाडिएकाे थियो।

“म याे बिरूवा हुर्काउन प्रतिबद्ध छु” भन्ने नाराका साथ बिरूवा बाँडिएकाे थियो। बढ्दाे औधोगीकरण सँगै वनजंगल तथा बाेटबिरूवा मास्सिने क्रम बढेकाे ले प्रतिबद्ता सहित बिरुवा बाँडिएकाे प्रभाकर चरसियाले बताए। घण्टाघर चाेकमा भेला भएका करिब ५० जना सर्वसाधारणलाइ विभिन्न प्रजातीका बिरूवा बाँडिएकाे थियो । वातावरण संरक्षणका लागि प्रत्येक व्यक्तिले एउटा बिरूवाकाे जिम्मा लिने हाे भने वातावरण पुनः हरित हुने अभिप्रायले बिरूवा बाँडिएकाे संस्थाकी सचिव गरिमा पाण्डेले बताइन् ।

घण्टाघर चाेकमै अवस्थित बाबा रामजनम तिवारीकाे सालिक वरिपरी विभिन्न बिरूवा समेत राेपिएको थियो ।
वातावरण जिउने आधार वीरगञ्जका उपाध्यक्ष साैरभ गाेयलकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रदेश सांसद ओमप्रकाश शर्मा, वातावरण जिउने आधारका केन्द्रिय अध्यक्ष आकाश चाैहान, केन्द्रिय उपाध्यक्ष रूपक पटेल, भाेलेन्टियर वीरगञ्जका संयाेजक राजन श्रीवास्तव लगायतकाले मन्त्वय व्यक्त गरेका थिए भने कार्यक्रममा संस्थाका केन्द्रिय सचिव रवि यादव, दिपु वर्णवाल, प्रभाकर राज, मयन्क राैनियार, आयुष वर्णवाल लगायतकाकाे उपस्थिती रहेकाे थियाे।
संयुक्त राष्ट्रद्वारा घोषित यो दिवस पर्यावरणप्रति राजनैतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले मनाइन्छ ।