बजार खुलेपछि चहालपहल बढ्दै

37

सन्तोष रंजितकार

बिरगंज, जेष्ठ २४।
लकडाउन सुरु भएपछि बन्द पर्साका व्यापारिक फर्महरु आधिकारिक रुपमा खुलेका छन् । संकट व्यवस्थापन केन्द्र पर्साको नयाँ निर्णय अनुसार जोर विजोर प्रणालीका आधारमा पर्साका व्यापारिक फर्महरु शुक्रबार देखि खुलेका हुन् ।
कोरोना संक्रमण तुरुन्त निर्मूल हुने सम्भावना नरहेपछि संकटको समयमा सतर्कता अपनाएर आर्थिक गतिविधि पनि सँगै गर्ने गरी पर्साका व्यापारिक फर्महरु खोलिएको जिल्ला प्रसासन कार्यालय पर्साले जनाएको छ ।

शनिबार जोर बिजोर प्रणाली अन्तर्गतको कपडा पसल इलेक्ट्रोनिक्स पसल मोबाइल पसल जुत्ता पसल जस्ता ब्यापारी ले सन्चालनमा ल्याएको हो । स्थानीय राजनीतिक दल, उद्योगी व्यापारी र जिल्लाका सबै सुरक्षा अंगको समन्वयमा दूरी कायम हुने र संक्रमण पनि फैलन नदिने गरी व्यापारिक फर्महरु खोल्ने निर्णय सहमती अनुसारको खोल्न दिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले बताए ।
यसको समन्वयको जिम्मा वीरगन्ज उद्योग बाणिज्य संघलाई दिइएको छ ।

समय–समयमा अनुगमन गर्ने कुरा पनि सहमति मा भएको जनाइएको छ । अनुगमन गर्दा कुनै पनि पसले ब्यापारी ले सुरक्षा सतर्कताको मापदण्ड पूरा नगरेको पाइए को खण्ड मा संक्रामक रोग नियन्त्रण ऐन २०२० अनुसार कार्वाही हुन्छ । परिक्षणकाल जस्तो रुपमामा तत्काललाई पर्साका व्यापारिक फर्महरु खोलिएको उनको भनाइ छ ।