चेली कृषि सहकारी संस्थाद्वारा आयोजित रक्तदान कार्यक्रममा १६ महिला सहित ७१ जनाले रक्तदान गरे

28

सन्तोष रंजितकार

वीरगंज, जेष्ठ २५।

चेली कृषि सहकारी संस्था लि.को आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लकडाउनका कारण जिल्लाभरी रक्तदान कार्यक्रम आयोजना नभएकाले रक्त सञ्चार केन्द्र वीरगंजमा देखिएको रगतको अभावका कारण रक्तदान कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।

चेली कृषि सहकारी संस्था लि. वीरगंजकै प्राङ्गअनमा आयोजना भएको रक्तदान कार्यक्रममा १६ जना महिलासहित ७१ जनाले रक्तदान गरेको चेली कृषि सहकारी सन्स्था लि.कि प्रमुख कमला घिमिरेले बताउनु भयो ।
कार्यक्रमको उद्घाटन राष्ट्रीय सहकारी बिकाश बोर्डका सदस्य शम्भु प्रसाद गुप्ता गर्नु भएको थियो ।


कार्यक्रममा इन्दु रन्जितकार, शुशिला भण्डारी, एतुका श्रेष्ठ, रबि भूषण श्रीवास्तब, राम बाबू चौरसिया, भिम माया मुक्तान, बिमला लिम्बू, मैयाँ थापा, अर्चना श्रेष्ठ ,सरस्वती मान्धर, बिनय मानन्धर, श्रवण थापा, दिपेन्द्र श्रेष्ठ, बिशाल श्रेष्ठ लगायतले रक्तदान गर्नु भएको थियो।
कार्यक्रममा को अपरेटिभ म्यानेजर्स कल्बका अध्यक्ष जिष्णु बराल, चेली सहकारी संस्थाको प्रतिनिधि र कर्मचारी, टोलसमाजका भद्रभलाद्मी, बुद्धिजिबी, सन्चारकर्मी लागायत को सहभागीता रहेको थियो।