थप २१३ जनामा कोरोना पुष्टि, संक्रमित सं‌ख्या ३४४८ पुग्यो

3

काठमाडौं ।

नेपालमा आइतबार २१३ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न जिल्लामा २१३ जना संक्रमित थपिएका हुन्। संक्रमितमध्ये अधिकांश क्वारेन्टाइनमा बसेकाहरू छन्।

संक्रमित हुनेमा झापाका २ जना, सुनसरीका २ जना, मोरङका ३ जना, धादिङका १ जना, रौटहटका १ जना, धनुषाका १ जना, सिरहाका २ जना, कालिकोटका ३ जना, दाङका २ जना, प्युठानका १ जना, रोल्पाका १ जना, कपिलवस्तुका १ जना, दैलेखका ३ जना, सल्यानका २८ जना, सुर्खेतका २० जना, सर्लाहीका ५७ जना, कपिलवस्तुका ९ जना, महोत्तरीका ५ जना, सर्लाहीका १८ जना, सिन्धुपाल्चोकका १ जना र उदयपुरका ३ जना रहेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३४४८ पुगेको छ। तीमध्ये १३ जनाले ज्यान गुमाएका भने ४६७ जना डिस्चार्ज्ड भएका छन्। अहिलेसम्म नेपालका ७७ मध्ये ७१ जिल्लामा कोरोनाका संक्रमित भेटिएका छन्।