बैंक अफ काठमाडौँद्वारा महानगर विपत कोषमा आर्थिक सहयोग

14

बिरगंज जेठ २५।

वीरगञ्ज महानगरपालिकाको कोभिड-१९ विपत व्यवस्थापन कोषमा बैंक अफ काठमाडौँले आर्थिक सहयोग गरेको छ ।
महानगरपालिका कार्यालयले पिसिआर मेसिन, भिटिएम किट लगायत स्वास्थ्य सामग्री खरिद गर्ने सुरु गरेको अभियानमा सहयोग स्वरुप बैंकले एक लाखकाे चेक हस्तान्तरण गरेको हो ।

बैंक अफ काठमाडौँका प्रदेश प्रमुख दिपक कुमार श्रेष्ठको नेतृत्वमा गएको टोली महानगरका नगरप्रमुख विजयकुमार सरावगीलाई भेटेर चेक हस्तान्तरण गरेका थियो ।

चेक हस्तान्तरण कार्यक्रममा बैंक अफ काठमाडौँ बिरगंज शाखा प्रमुख सुरेश यादव, सहायक सम्पर्क प्रबन्दक संदेश पोखरेल लगयातको उपस्थिति रहेको थियो ।