थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४०८५ पुग्यो

2

काठमाडौं ।

पछिल्लो २४ घण्टामा नेपालमा ३२३ जना कोरोना भाइरस रोग(कोभिड १९)का संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्तालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमित थपिएको जानकारी दिनुभयो । यो संगै नेपालमा संक्रमितको संख्या ४०८५ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार संक्रमित हुनेमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा ३ जना, इलामका १ जना, सुनसरीका १ जना, सप्तरीका ७ जना, चितवनका २४ जना, नवलपुरका १५ जना, धादिङका १ जना, कपिलवस्तुका १० जना, म्याग्दीका १ जना, बागलुङ ११ जना र धनुषाका ४५ जना,महोत्तरीका ५० जना, सर्लाहीका १ जना, दाङका ६ जना, बाँकेका ९ जना, जुम्लाका २ जना, सल्यानका १२ जना, सुर्खेतका ४ जना, दार्चुलाका १० जना, कन्चनपुरका १९ जना, डडेलधुराका ७ जना, कैलालीका १ जना, रुपन्देहीका २० जना, नुवाकोटका २ जना, रौटहटका २१ जना, सर्लाही १६ जना र सिरहाका १२ जनामा संक्रमण देखिएको छ ।