पिसिआर मेसिन खरिद गर्न ब्यपारीहरुको सहयोग, विरेन्द्र संघाइद्वारा रु बिस लाख प्रदान

25

सन्तोष रंजितकार,

वीरगंज २७ जेठ।
वीरगंजमा महानगरपालिकाले खरिद गर्न लागेको पिसिआर मेसिनको लागि यहाँका उधोगी ब्यपारीहरुले ७० लाख चन्दा दिएका छन् ।
विरेन्द्र संघाइ बाट रु बिस लाख, वीरगंज उद्योग बाणिज्य संघबाट रु एघार लाख एघार हजार एक सय एघार, बाबुलाल चाचनबाट रु दश लाख, राजेश अग्रवाल बाट रु छव लाख, हिरालाल केडिया बाट रु पाँच लाख, आत्मराम काबाराबाट रु पाँच लाख, मुरलीधर रुगंटाबाट रु पाँच लाख, अनिल रुगंटाबाट रु पाँच लाख, अशोक बैधबाट रु दुइ लाख, मेयर सरावगीका पिता जी चिरन्जिवीलाल सरावगीबाट रु एक लाख गरी जम्मा रु सत्तरी लाख एघार हजार एक सय एघार पिसिआर मेशिन खरिद गर्न उपलब्ध गराएका छन् ।

कोरोना भाइरस न्यूनिकरणका लागि वीरगंज महानगरपालिकाले ठुलो क्षमता भएको कोरोना जाँच गर्ने पिसिआर मेसिन र भिटिएम किट खरिदका लागि सो रकम दिएको वीरगन्ज उधोग बाणिज्य संघका अध्यक्ष गोपाल केडियाले जनाएका छन् । त्यसै गरि पत्रकारको हकहितको लागी कोरोना बिमा योजना अन्तर्गत ११० जनाको महानगर पालिकाले बिमा गरेको र सो बिमा पत्र मेयर विजय कुमार सरावगीले पर्साका अध्यक्ष श्याम बन्जरालाई हस्तान्तरण गर्नु भएको थियो।