एम्बुलेन्सबाट गाँजा बरामद

19

सन्तोष रंजितकार,
बिरगंज।

विश्व व्यापी महामारीका रूपमा फैलिएकाे काेराेनाभाइरसकाे संक्रमण त्रास न्युन राख्न नेपाल सरकारले आव्हान गरेकाे लकडाउनकाे माैका छाेप्दै तस्करी भइरहेकाे गाँजा पर्सा प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

अल्पाईन मेडिकल कलेज टिचिङ हस्पिटल सिमरा बाराको एम्बुलेन्स प्रयोग गरी तस्करी भइरहेकाे विशेष सुचना आधारमा एम्बुलेन्स चेकजाँच गर्दा करिब ५६ केजी गाँजा बरामद भएकाे हाे ।

पर्साकाे बहुदरमाइ गाउँपालिका वडा नं ५ भाैराटार तर्फ लैइजाँदै गरेको अवस्थामा गाँजा सहित ३ जना लाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे हो ।

लागु औषध गाँजा र ना ४ च ८५९९ नम्बरको एम्बुलेन्ससहित पक्राउ परेका ३ जनालाइ जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर थप अनुसन्धान भइरहेकाे भनी बुधबार पत्रकार समेलन गरि जानकारी गराए ।