जि.पि कोईराला फाउन्डेसन पर्साद्वारा रक्तदान

29
सन्तोष रंजितकार,
बिरगंज , जेष्ठ २८ ।
बिश्वभरी कोरोनाको त्रासले देशमा लकडाउन भएकोले बिरगंजमा रगतकोअभाव हुन न दिनको लागी गिरिजा प्रसाद कोईराला फाउन्डेसन पर्साले आज आकस्मिक रक्तदानको कार्यक्रम आयोजना गरेको छ । जिपि कोईराला फाउन्डेसन पर्साको कार्यालय आदर्शनगरमा भएको रक्तदान कार्यक्रममा नेपाली काङ्ग्रेस पर्साका सभापति अजय कुमार दुबेदी र नेत्र ज्योति महासघका केन्द्रिय उपाध्यक्ष श्याम पोखरेलले रक्तदातालाई रगत राख्ने पोका दिएर कार्यक्रमको उदघाटन गरेका थिए। 
रक्तदान कार्यक्रममा एक महिलासहित १०२ जनाले रक्तदान गरेका थिए भने रक्तदान गर्नेमा नवाब अलि, अजय अहमद, सुनिल महर्जन, भोला पटेल, इर्साद अलि, इम्रान अन्सारी, अर्जुन पटेल, छोटु राउत, रितेस मिश्रा लगाएतले रक्तदान गरेका  फाउन्डेसनका अध्यक्ष महम्मद सहाबुदिनले जानकारी गराउनु भयो। रक्तदान कार्यक्रम नेपाली काङ्ग्रेसका नेता र संविधान सभा सदस्य अनिल रुङ्ग्टा , प्रदेशसभा सदस्य ओमप्रकाश शर्मा , बिरगंज महानगरपालिकाका उपमेयर शान्ती कार्की , नेपाली काङ्ग्रेसका नेताहरु प्रकाश उपाध्याय, राजेस्वर तिवारी, विद्यार्थी नेता दिलिपराज कार्की लगायतकाको सहभागीता रहेको थियो ।