मन्त्रिपरिषद्को बैठक जारी, लकडाउनको मोडालिटीबारे टुङ्गो लगाउने

5

काठमाण्डौ –  प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको मन्त्रिपरिषद्को बैठकले लकडाउनको मोडालिटीबारे टुङ्गो लगाउने अनुमान छ । सरकारले पटक-पटक लकडाउनको मोडालिटी सार्वजनिक गर्ने भनेपनि आजसम्म निर्णय नगर्दा आलोचना भइरहेको छ ।

तर आजको बैठकले केही निर्णय गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई जानकारी गराउनुभएको छ । उहाँले जनजीवन सहज बनाउने बारेमा निर्णय गर्ने पनि बताउनुभएको छ ।