माछापुच्छ्रे बैंकद्वारा महानगरको कोभीड कोषमा सहयोग

8

सन्तोष रंजितकार ,

बिरगंज , जेष्ठ २८ ।

बिरगंज महानगरपालिकाको कोभिड-१९ विपत व्यवस्थापन कोषमा माछापुच्छ्रे बैंक बिरगंज शाखाले आर्थिक सहयोग गरेको छ ।

महानगरपालिका कार्यालयले पिसिआर मेसिन, भिटिएम किट लगायत स्वास्थ्य सामग्री खरिद गर्ने सुरु गरेको अभियानमा सहयोग स्वरुप बैंकले एक लाखकाे चेक हस्तान्तरण गरेको हो ।

बैंकका शाखा प्रबन्धक मनिष उपाध्यायको नेतृत्वमा गएको टोलीले महानगरका नगरप्रमुख विजयकुमार सरावगीलाई भेटेर चेक हस्तान्तरण गरेका थियो । चेक हस्तान्तरण कार्यक्रममा बैंकका कर्मचारिहरु ग्यानेन्द्र गोस्वामी र किसन केसिको उपस्थिति रहेको थियो ।