सभासद शर्माद्वारा महानगरपालिकालाई सहयोग

10

सन्तोष रंजितकार,

बिरगंज , जेष्ठ २८ ।

प्रदेश न. २का प्रदेश सभा सदस्य ओमप्रकाश शर्माले आज वीरगञ्ज महानगरपालिकालाई आर्थिक सहयोग गरेका छन्। बिरगंज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावागीलाई उहाकै कार्यकक्षमा भेटेर शर्माले ५५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका थिए । प्रदेश सभा सदस्य शर्माले बिरगंज महानगरपालिकाद्वारा सञ्चालित कोरोना भाइरस विरुद्धको अभियानमा आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्न सहयोग गरेको शर्माले बताउनु भयो। चेक हस्तान्तरण कार्यक्रममा महानगर पालिकाका राजनैतिक सल्लाहकार मुकेश दुबेदी , समाजसेवी मुरलि जलान लगायतको उपस्थिति रहेको थियो ।