थप २५० जनामा कोरोना पुष्टि, संक्रमित सं‌ख्या ४६१४ पुग्यो

9

काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा २५० जनामा कोरोना भाइरस रोग(कोभिड १९) को पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रा.डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २३० पुरुष र २० महिलालाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो । यो संगै कोरोना संक्रमितको संख्या ४६१४ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १ सय ८७ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या हालसम्म ८ सय ६१ पुगेको छ ।

सरकारले पछिल्लो समय पिसिआर प्रविधिबाट  दैनिक झन्डै ४ हजार ५ सयका दरले परीक्षण गरिरहेको छ। अहिलेसम्म १ लाख १५ हजार ९ सय ३० जनाको पिसिआरबाट परीक्षण गरिएको छ।